प्रदेशको परिणाम सन्तोषजनक रहे पनि प्रतिनिधि सभाको परिणाम अनपेक्षित : प्रचण्ड

काठमाडाैं, मंसिर १७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधि सभाको परिणामाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
पदाधिकारी बैठकअघि सम्बोधन गर्दै प्रचण्डले प्रदेशको परिणाम सन्तोषजनक रहे पनि प्रतिनिधि सभाको परिणाम अनपेक्षित रहेको बताएको बताएका हुन।
सचिव गणेश साहका अनुसार ‘प्रदेशतर्फको परिणाम हेर्दा सन्तोषजनकै छ। प्रतिनिधि सभामा हामी नराम्ररी किन खुम्चियौं, निर्मम समीक्षा र सुधारको खाँचो छ,’ प्रचण्डले भनेका थिए।
प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितेको छ भने सात वटा प्रदेशसभामा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ५३ सिटमा विजयी भएको छ।
शनिबारको बैठकमा महासचिव देव गुरूङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसालले धारणा राखेका थिए।
पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पनि बस्ने भएकाे छ।











