दिल्लीमा फेरि आगलागी, तीन बालबालिकासहित ९ जनाको मृत्यु
नयाँ दिल्ली, पुस ७ : भारतको नयाँ दिल्लीस्थित गोदममा फेरि आगलागी भएको छ। आगलागीमा तीन बालबालिकासहित नौ जनाको मृत्यु भएको छ।
गएराति १२ः३० बजे ....
नयाँ दिल्ली, पुस ७ : भारतको नयाँ दिल्लीस्थित गोदममा फेरि आगलागी भएको छ। आगलागीमा तीन बालबालिकासहित नौ जनाको मृत्यु भएको छ।
गएराति १२ः३० बजे भएको आगलागी बिहान ३ः४५ बजे नियन्त्रणमा आएको जनाएको छ। आगलागीमा तीन बालबालिकासहित नौ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, तीन जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। आगलागी हुँदा उनीहरु सुतिरहेका थिए। बालबालिकाको सुतेकै अवस्थामा मृत्यु भएको जनाएको छ।
त्यस्तै, आगलागीमा आठ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको जनाएको छ। गाेदम आसपासकाे क्षेत्रमा नेपाली कामदार पनि रहेका थिए। नेपाली भने सुरक्षित रहेकाे जनाएकाे छ।
गोदाममा आगलागी नियन्त्रणका साधन नभएकाले आगो निभाउन कठिनाइ भएको दिल्ली प्रहरीले जनाएको छ। दुई साताअघि पनि दिल्लीको एक गोदाममा आगलागी भएको थियो। आगलागीमा परेर ४३ जनाको मृत्यु भएको थियो। जसमा १६ जना घाइते भएका थिए।






