Kathmandu Press

सशस्त्र प्रहरी बलका तीन जना एसपी अनुसन्धानकाे लागि हेडक्वार्टर तानिए

सशस्त्र प्रहरी बलका तीन जना एसपी अनुसन्धानकाे लागि हेडक्वार्टर तानिए

काठमाडाैं, मंसिर १७ : सशस्त्र प्रहरी बल (एपीएफ)का तीन जना उपरीक्षक (एसपी) हेडक्वार्टर तानिएका छन्। आर्थिक अनियमितताको आशंकामा अनुसन्धानका लागि हेडक्वार्टर तानिएका हुन।

सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई अनियमितता आरोपमा अनुसन्धान गर्न फिर्ता बोलाइएको जनाएकाे छ।

तीनैजना एसपी सशस्त्रका सिसं २ का ब्याची हुन् ।

बारा र पर्साका केही बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएकाे छ। सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो । सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले तीन जना गणपतिलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको हो ।

सशस्त्रका बाहिनी र गणलाई समेत सुइँको नदिई हेडक्वार्टरबाट केही दिन अघिबाट एसपी नेतृत्वका दुई मार्सल टोली खटिएका थिए । सोही रिपोर्टका आधारमा मुख्यालयले शुक्रबार शंका लागेका अधिकृतहरुलाई फिर्ता हुन २४ घण्टे निर्देशन दिएको थियो । फिर्ता बोलाइएका अधिकृतमाथि विस्तृतरुपमा अनुसन्धान हुने र कसुर देखिए कानुनअनुसार कारबाही गरिने सशस्त्र प्रहरी स्रोतले बतायो ।

प्रकाशित मिति: १९:४५ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्