Kathmandu Press

डोल्पाबाट हराइएका मूर्तिहरुको बारेमा लेखिएको पुस्तक विमोचन

शनिबार काठमाडौंमा एमिलिन स्मीथद्वारा लेखिएको पेमा र डोल्पाबाट चोरिएको मूर्ति शीर्षकको पुस्तक डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले विमोचन गरेका हुन्।
डोल्पाबाट हराइएका मूर्तिहरुको बारेमा लेखिएको पुस्तक विमोचन

काठमाडौं, मंसिर १७ : डोल्पाबाट हराइएका मूर्तिहरुको बारेमा लेखिएको पुस्तक विमोचन गरिएको छ।

शनिबार काठमाडौंमा एमिलिन स्मीथद्वारा लेखिएको पेमा र डोल्पाबाट चोरिएको मूर्ति शीर्षकको पुस्तक डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले विमोचन गरेका हुन्।

डोल्पाबाट हराएका र चोरी हुन सक्ने मूर्र्तिहरुको बारेमा सचेतना जगाउने उदेश्यले पुस्तक प्रकाशन गरिएको हो।

पेमालाई पात्र बनाएर लेखिएको उक्त पुस्तक डोल्पाका बिद्यालयका बिद्यार्थीहरुलाई बितरण गरिने गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचेले जानकारी दिए।

डोल्पामा अहिले स्थानीयहरु एकजुट भएर संस्कृति र प्राकृतिक धरोहरुहरुको जगेर्ना गर्न लागिपरेको उनको भनाइ छ।

सो अवसरमा डोल्पाली धर्म संस्कृति झल्कने चित्रकला प्रदर्शनी पनि गरिएको थियो।

प्रकाशित मिति: १७:३० बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्