घाइते विद्यार्थीको मृत्यु, विद्यार्थीद्वारा बसमा आगजनी (अपडेट)
काठमाडौं, पुस ७ : बसको ठक्करबाट घाइते विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ। त्यसको विरोधमा विद्यार्थीले चावहिल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
काठमाडौं, पुस ७ : बसको ठक्करबाट घाइते विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ। त्यसको विरोधमा विद्यार्थीले चावहिल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
आज बिहान चावहिलस्थित पशुपति क्याम्पस बीबीएस चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तलाई बसले ठक्कर दिएको थियो। क्याम्पस जाने क्रममा सडक पार गर्दा बिहान ५ः४६ बजे मध्यपुर ठिमी यातायातको बा ७ ख ५९३० नम्बरको बसले सुकेधारामा ठक्कर दिँदा घाइते भएकी थिइन्।
गोरखाकी २१ वर्षी सृष्टिलाई तत्कालै ओम अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए।
उनलाई ठक्कर दिएपछि अन्य विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन्। त्यस्तै, बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
घाइते विद्यार्थीको मृत्यु भएको खबर पाएपछि विद्यार्थीले प्रदर्शनलाई झन चर्काएका छन्। बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका विद्यार्थीले चालकलाई कारबाहीको माग गरेका छन्।
विद्यार्थीलाई ठक्कर दिएको बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











-1784808429.png)