खिलशर्म–राजीवलोचन जोशी पुरस्कार साहित्यकार फुयाँललाई
खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनलाई रु २० हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको हो।
काठमाडाैं, मंसिर १७ : यस वर्षको खिलशर्म–राजीवलोचन जोशी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार श्रीहरि फुयाँललाई प्रदान गरिएको छ।
खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनलाई रु २० हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको हो।
नेपाली साहित्यको विविध क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गरेको भन्दै प्रतिष्ठानले साहित्यकार फुयाँललाइ सम्मानित गरेको हो।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङले फुयाँललाई बधाई दिँदै नेपाली साहित्यको माध्यमिककालमा साहित्यकार राजीवलोचन जोशीको महत्वपूर्ण योगदान रहेको बताए।
'साहित्यकारलाई सम्मान गर्दा समग्रमा राज्यकै सम्मान हुन्छयसबाट देशको उन्नति प्रगति हुन्छ', उनले भने, 'यस प्रतिष्ठानले शास्त्रीय मर्यादालाई कायम राखेको छ, साहित्य र साहित्यकारको सम्मानमा गरेको काम प्रसंशनीय छ।'

-1783580717.jpeg)