विद्यार्थीलाई गाडीले ठक्कर दिएपछि चावहिल क्षेत्र तनावग्रस्त
काठमाडौं, पुस ७ : गाडीले ठक्कर दिएर बिद्यार्थीलाई घाईते बनाएपछि चावहिल क्षेत्र तनाबग्रस्त बनेको छ ।
पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्....
काठमाडौं, पुस ७ : गाडीले ठक्कर दिएर बिद्यार्थीलाई घाईते बनाएपछि चावहिल क्षेत्र तनाबग्रस्त बनेको छ ।
पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो ।
ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए । घाइते पन्तको अहिले उपचार भइरहेको छ । प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अन्य गाडीमा समेत तोडफोड गरेका छन् ।
विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।






