निर्वाचनको परिणाम मुलुकका लागि हितकर छैन : तिमिल्सिना
आज (शनिबार) ललितपुरमा आयोजित ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक सेमिनारमा बोल्दै उनले निर्वाचनको परिणामले स्थापित दलहरुमाथि प्रश्न उठाएको बताए।
काठमाडौं, मंसिर १७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम मुलुकको लागि हितकर नभएको बताएका छन्।
आज (शनिबार) ललितपुरमा आयोजित ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक सेमिनारमा बोल्दै उनले निर्वाचनको परिणामले स्थापित दलहरुमाथि प्रश्न उठाएको बताए।
बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरु बलियो हुनुपर्नेमा जोड दिँदै उनले त्यसमा लाग्न बौद्धिक समुदायलाई आग्रह गरे।
‘पार्टीप्रतिको असन्तुष्टिले स्वतन्त्रका नाममा जनमत गएको र त्यसको फाइदा स्वतन्त्र नाम जोडिएको पार्टीलाई भएको तर्क अध्यक्ष तिमिल्सिनाले गरे। उनले अहिले दलहरुको भविष्यप्रति ‘घन्टी’ बजेको पनि टिप्पणी गरे।
उनले सचेत समुदायले दलहरुलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउनेगरी विकास निर्माणको कामले गति लिने बताए।
जापानले विकासको क्षेत्रमा चमत्काबाट सिकेर नेपाल पनि अघि बढनुपर्ने आवश्यकता पनि उनले औंल्याए।











