Kathmandu Press

मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई सर्लाहीमा मृत भेटिए

भट्टराई लालबन्दी नगरपालिका-१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा आज (शनिबार) मृत भेटिएका हुन्।
मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई सर्लाहीमा मृत भेटिए

सर्लाही, मंसिर १७ : मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सर्लाहीमा मृत भेटिएका छन्।

भट्टराई लालबन्दी नगरपालिका-१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा आज (शनिबार) मृत भेटिएका हुन्।

उनी आज हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन हिजाे (शुक्रबार) नै सर्लाही आएका थिए।

आज बिहान साधारण सभा सुरु भएपछि खाेजी गर्ने क्रममा आफ्नै कोठामा मृत भेटिएको जनाइएकाे छ।

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्