Kathmandu Press

धनुषा जिप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

धनुषामा शनिबार बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।
धनुषा जिप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

काठमाडौं, मंसिर १७ : धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुने सबैको सनाखत भएको छ।

धनुषामा शनिबार बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।

मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह छन्।

जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो। जीपमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै थिए । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ।

प्रकाशित मिति: १०:४५ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्