Kathmandu Press

जन्ती बोकेको जीप दुर्घटना पाँचको मृत्यु, नौ घाइते

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
जन्ती बोकेको जीप दुर्घटना पाँचको मृत्यु, नौ घाइते

धनुषा, मंसिर १७ : धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन।

जन्ती बोकेको जीपलाई ठक्‍कर दिने ज १ च १४९६ नम्बरको माछा बोकेको पिकअप भ्यान र चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा छ।

प्रकाशित मिति: १०:०४ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्