काठमाडौँबाट विप्लवका ६ जना नेता पक्राउ
काठमाडौँ, पुस ७ : सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) का ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
आइतबार काठ....
काठमाडौँ, पुस ७ : सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) का ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
आइतबार काठमाडौँको हात्तीगौंडाबाट विप्लव (नेकपा) निकट युवा संगठनका ६ जना नेता पक्राउ परेको विप्लव निकट स्रोतले जनाएको छ ।
पक्राउ पर्नेहरुमा युवा संगठनका केन्द्रीय सचिव तथा मध्यकमाण्ड इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र केन्द्रीय सदस्य तथा उदयपुरका नेता दुर्खाबहादुर तामाङ रहेका छन् ।
ब्यूरोले हात्तीगौंडास्थित भूमिगत रुपमा सञ्चालित कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुबाट केही थान गोलीसहितका पेस्तोल बरामद भएको भनिएपनि पनि के कति परिणाममा फेला परेको हो भन्नेबारे पुष्टी हुन बाँकी छ ।






