भीम रावललाई मेयर बालेनकाे जवाफ, 'हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन'

काठमाडाैं, मंसिर १६ : काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूमाथि गरेकाे प्रश्नकाे जवाफ दिएका छन। सामाजिक सञ्जालमार्फत गरिएकाे प्रश्नकाे जवाफ मेयर साहले सामाजिक सञ्जालमार्फत नै दिएका हुन।
शुक्रबार डा रावलले मेयर साहलाइ 'अमेरिकी रादूतसँग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट मन्त्रालयबाट अनुमति लएिको हो कि हाेइन? स्पष्ट गरियोस' भन्दै जवाफ मागेका थिए।
मेयर साहले उनको जवाफ दिँदै 'अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं।' भन्दै जवाफ फर्काएका छन।
मेयर साहले लेखेका छन, 'हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ।'











