बालिकाकाे मृत्युपछि परिवारले दिए चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध मुद्दा

धनगढी, मंसिर १६ : धनगढीमा ग्रेडरले च्यापेर स्कुले बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गराएका छन।
मृतक बालिकाका बुवाले चालक र कम्पनी सञ्चालकका नाममा मुद्दा दर्ता भएको बताएका छन।
उक्त निवेदनका आधारमा प्रहरीले कानुनी प्रक्रियाबाट न्याय दिनुपर्ने माग परिवारले गरेका छन। मृतकका आफन्तको किटानी जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान गर्ने बताएपछि परिवारले शव बुझेका छन।
कानुनी प्रक्रियामा प्रहरीले सहयोग नगरे पुन: सडकमै आउने परिवारको भनाइ छ।
पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने चेतना साउदको बिहीबार बिहान स्कुल जाने क्रममा ग्रेडरले च्यापेर मृत्यु भएको थियो।
प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











