Kathmandu Press

वर्तमान निर्वाचन कानुनसँग आयाेग सन्तुष्ट छैन : थपलिया

उनले स्थानीय निर्वाचनको अनुभवलाई मध्यनजर गर्दै अहिलेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा नै अनुगमन समिति बनाइएको र प्रभावकारी पाइएको दाबी गरे।
वर्तमान निर्वाचन कानुनसँग आयाेग सन्तुष्ट छैन : थपलिया

काठमाडौं, मंसिर १६ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वर्तमान निर्वाचन कानुनसँग आयाेग सन्तुष्ट नरहेको बताएका छन्।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंले शुक्रबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा थपलियाले अब नयाँ कानुनद्वारा निर्वाचनको व्यवस्थापन गर्ने तयारीमा आयोग जुटेको समेत बताए। प्रतिनिधिसभा र प्रदेशसभासम्बन्धी कानुन एकै ठाउमा राखेर बनाउने उनको भनाइ छ।

उनले स्थानीय निर्वाचनको अनुभवलाई मध्यनजर गर्दै अहिलेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा नै अनुगमन समिति बनाइएको र प्रभावकारी पाइएको दाबी गरे।

नेपालमा अहिलेको निर्वाचनले दलहरु र उम्मेदवारमा उच्च राजनीतिक संस्कार बिकास भएको र यसलाई आगामी दिनमा स्थापित गर्नुपर्नेमा उनले जाेड दिए।

थपलियाले निर्वाचनमा राजनीतिक दलहरु समावेशीको मुद्धामा भने कमजोर देखिएको र आगामी दिनमा समावेशीताको बिषयलाई ध्यान दिन आवश्यक रहेको जिकिर गरे।

उनले निर्वाचन आयोगको नेतृत्वमा निर्वाचन भए पनि सवै सरोकारवालाहरुको सहयोगमा नै निर्वाचन सफलताका साथ सम्पन्न भएको उल्लेख गरे। 

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्