Kathmandu Press

‘तीन महिनाभित्र नागरिकताबारे आवश्यक निर्णय नगरिए एमाले देशव्यापी आन्दोलनमा उत्रन्छ’

उनले यसअघिको एमाले सरकारले नागरिकताको विषयलाई समाधान गर्ने प्रयास गरे पनि अहिलेको गठबन्धन दलहरुले नै रोक्ने काम गरेको जिकिर गरे।
‘तीन महिनाभित्र नागरिकताबारे आवश्यक निर्णय नगरिए एमाले देशव्यापी आन्दोलनमा उत्रन्छ’

जनकपुरधाम, मंसिर १६ : नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र नागरिकताका विषयमा आवश्यक निर्णय नगरिए एमालेले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले जनसिद्ध नागरिकताका विषयमा आवश्यक कानून नवन्दा लाखौ नागरिकहरु नागरिकताबिहीन हुनुपरेको भन्दै अब बन्ने सरकारले तीन महिनाभित्र नागरिकताको समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

उनले यसअघिको एमाले सरकारले नागरिकताको विषयलाई समाधान गर्ने प्रयास गरे पनि अहिलेको गठबन्धन दलहरुले नै रोक्ने काम गरेको जिकिर गरे।

त्यस्तै महासेठले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई देखेर मधेसी जनताले एमालेलाई मधेसमा पहिलो पार्टी बनाएको दाबी गरे। 

उनले यसअघि एमाले सरकारले गरेका १४ सय भन्दा बढी विकासका योजनाहरुलाई गठबन्धन सरकारले रोकेको आरोप लगाए।

प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्