धनुषामा दुई परिवारबीच झडप हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौं, मंसिर १६ : धनुषामा दुई परिवारबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गाको विषयमा भएको विवाद कुटपिटसम्म पुगेको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका प्रभु यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भएपनि उपचारकोे बिहीबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
कुटपिटबाट ३० वर्षीय जगरनाथ यादवसमेत गरी तीन जना घाइते भएका छन् । घाइतेहरुको प्रादेशकि अस्पताल जनकपुरमा उपचार भइरहेको बताइएको छ ।
घटनामा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: १४:१४ बजे, शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











