Kathmandu Press

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं, पुस ६ : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै पनि काम अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । 

आइत....

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं, पुस ६ : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै पनि काम अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । 

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थलका लागि आवश्यक रुख काट्नेसहितका काम अघि नबढाउन आदेश गरेको हो। 

सर्वोच्चले एक साता अघि काम अघि नबढाउन अन्तरकालीन आदेश गरेको थियो । विमानस्थलले वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै पूर्वप्रशासक रञ्जुहजुर पाँडे, द्वारिकानाथ ढुंगेल, सुकदेव भट्टराई खत्री, प्रभु बुढाथोकी लगायतले निजगढ विमानस्थलका लागि ५ सय रुख काट्ने लगायतका निर्माणका कार्य रोक्न रिट दायर गरेका थिए। 

रिट निवेदकहरुले २०७२ सालमा निजगढ क्षेत्रको वन पर्यटन मन्त्रालयलाई हस्तान्तरण गर्ने गरी मन्त्रिपरिषदले गरेको निर्णय बदर गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति: १९:५४ बजे, आइतबार, पुस ६, २०७६