Kathmandu Press

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

भारतकाे सिद्धार्थनगर जिल्लास्थित अलिगढवाका ३५ वर्षीय इरसाद खानमाथि गोली प्रहार भएको हो।
कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

रुपन्देही, मंसिर १६ : कपिलवस्तुकाे मायादेवी गाउँपालिका-४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ।

भारतकाे सिद्धार्थनगर जिल्लास्थित अलिगढवाका ३५ वर्षीय इरसाद खानमाथि गोली प्रहार भएको हो।

एक होटलमा रहेका खानमाथि काँध र कम्मरमा एकएक गोली लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ।

घाइते खानलाई उपचारका लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्‍याइएको छ।

कसले गोली हान्याे भन्ने विषयमा केही नखुलेकाे प्रहरीले जनाएकाे छ। भारतीय प्रहरीसँग पनि समन्वय गरेर गोली प्रहारकर्ताकाे खोजी र अनुसन्धान अगाडि बढाइएको प्रहरीकाे भनाइ छ।

प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्