स्याङ्जा–२ मा धनराज गुरुङको अग्रता कायमै

काठमाडौं, मंसिर १६ : मतगणना जारी रहेको स्याङ्जा निर्वाचन क्षेत्रनम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । मतगणनाको पछिल्लो विवरणअनुसार गुरुङले एमाले उम्मेदवार पद्मा अर्याललाई १ हजार ४३५ मतान्तरले पछि पारेका छन् ।
कांग्रेस उपसभापति समेत रहेका गुरुङले १३ हजार २४० मत ल्याएका छन् । एमालेकी अर्यालले ११ हजार ८०५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ८७६ मत पाएका छन् ।
स्याङ्जा–२ मा विवादका कारण मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगको निर्णयपछि ढिला गरी मतगणना सुरु गरिएको थियो । प्रदेशसभा १ मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन् ।
मतगणना जारी रहेको प्रदेशसभा २ मा एमालेका उम्मेदवारले सुरुआती अग्रता बनाएका छन् ।
प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार