एमालेका रेग्मीलाई हराउँदै स्याङ्जा-२ (१) मा कांग्रेसका अर्याल विजयी
यसअघि २०७४ सालको निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रेग्मीले कांग्रेसका विष्णु पौडेललाई हराएका थिए ।
काठमाडौं, मंसिर १६ : स्याङ्जा निर्वाचन क्षेत्र नं २ (१) बाट नेपाली काँग्रेसका भोजराज अर्याल विजयी भएका छन् । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले हराउँदै विजयी भएका हुन् ।
अर्यालले १५ हजार एक सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रेग्मीले १२ हजार चार सय ३१ मतमा सिमित रहे । यसअघि २०७४ सालको निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रेग्मीले कांग्रेसका विष्णु पौडेललाई हराएका थिए ।
यसपटक भने कांग्रेसले उम्मेदवार परिवर्तन गर्दै अर्याललाई टिकट दिएको थियो । कांग्रेसका पुराना नेता रहेका अर्याल वालिङ्ग नगरपालिकाको पूर्व मेयर समेत हुन् ।
प्रकाशित मिति: ०८:१३ बजे, शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार