बाजुरामा कांग्रेसका पाण्डेको ५५६ मतसहित अग्रता
मतगणनाको सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन् ।
काठमाडौं, मंसिर १६ : बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।
मतगणनाको सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उमेदवार कर्णबहादुर थापाले एक हजार ९९७ मत ल्याएका छन् । उनीहरूबीच ५५६ को मतान्तर छ ।
प्रकाशित मिति: ०७:२४ बजे, शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार