स्याङ्जा २ मा कांग्रेसका धनराज २४१८ मतले अगाडि
पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् ।
काठमाडौं, मंसिर १६ : स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् ।
उनीहरुबीच दुई हजार ४१८ को मतान्तर देखिएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।
प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार