बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई सुरूवाती अग्रता

बाजुरा, मंसिर १५ : बाजुरामा मतगणनाको सुरूवाती चरणमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् ।
६५० मत गणना गर्दा बद्री पाण्डेले ३८१ मत पाएका छन् भने, नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २४७ मत पाएका छन्।
४ मंसिरमा भएको चुनावमा बुथ क्याप्चर गरेको भन्दै कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएपछि त्यहाँ मतगणना सुरु हुन सकेको थिएन।
निर्वाचन आयोगले स्थलगत अध्ययन गर्दै मतगणना गर्न निर्देशन दिएपछि अाजबाट मतगणना सुरु भएको हो।
प्रकाशित मिति: २०:४७ बजे, बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार