Kathmandu Press

दाेलखामा राति ९ बजेदेखि मतगणना हुने

दाेलखामा राति ९ बजेदेखि मतगणना हुने

दाेलखा, मंसिर १५ : दोलखामा आज राति ९ बजेदेखि मतगणना हुने भएको छ।

बिहीबार १० वटा मतदान केन्द्रमा पुन: निर्वाचन सकिएसँगै बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो।

राति प्रत्यक्षतर्फको मत गणना गर्ने र भोलिदेखि भने समानुपातिकको पनि मतगणना गर्ने निर्णय भएको हो।

गत मंसिर ४ गते भएको मतगणनामा बुथ कब्जामा लिएपछि यहाँका १० वटा केन्द्रमा पुन: मतदान गरिएको हो।

पुन: निर्वाचनमा भने ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्