Kathmandu Press

दाेलखामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

दाेलखामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

दाेलखा, मंसिर १५ : दोलखामा बिहीबार प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ। दोलखाका १० वटा मतदान केन्द्रमा गरिएकाे पुन: निर्वाचन सम्पन्न भएकाे हाे।

जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगा पौडेलका अनुसार छिटपुटका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ।

Hardik ivf

‘खासै झडप भएको छैन। सामान्‍य वादविवाद भयो। एक ठाउँमा ढुंगाले हानेर गाडीको सिसा फुटेको हो,’ उनले भने, ‘अरू शान्तिपूर्ण तरिकाले मतदान सकियो।’

बैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र ग मा पुनः मतदान भएकाे हाे।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुँदैछ।

बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान सुरू हुँदैछ।

यस्तै, अहिले सर्वदलीय बैठक बसेपछि मतगणना कहिले गर्ने भनेर निर्णय गरिने डिएसपी पौडेलले बताए।

मंसिर ४ गते बुथ कब्जा भएपछि यस क्षेत्रमा पुन: मतदान गरेको हो।

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्