अब निजगढ विमानस्थलको विकल्प अन्यत्र खोज्न सकिँदैन : मन्त्री भट्टराई
काठमाडौं, पुस ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कुनै हालतमा नरोकिने बताएका छन्।<....

काठमाडौं, पुस ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कुनै हालतमा नरोकिने बताएका छन्।
आइतबार आयोजित एक छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भने, ‘अब निजगढ विमानस्थलको विकल्प अन्यत्र खोज्न सकिँदैन।’ कुनै पनि वहानामा विमानस्थल निर्माण कार्य नरोकिने उनको भनाइ थियो।
नेपाल पर्यटन बोर्ड र मन्त्रालयले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एनप्याब्सन) र प्याब्सन, शिक्षक संघलगायतका संस्थासँग गरिएको छलफलमा बोल्दै उनले निजगढको विकल्प भैरहवा र पोखरा हुन नसक्ने दाबी गरे।
त्यस्तै, मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमलाई सफल बनाउन सबै शिक्षक, विद्यार्थी र विद्यालयलाई सहयोग गर्न आग्रह गरे। जनवरी १ मा दशरथ रंगशालामा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण वर्ष सुरू भएको घोषणा गर्नेछिन भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने तय गरिएको छ। त्यस्तै, सातै प्रदेश कार्यालयमा पनि कार्यक्रम गरिने जनाएको छ।











-1784808429.png)