प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेटवार्ता

काठमाडाैं, मंसिर १५ : प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतबीच भेटवार्ता भएकाे छ। डा. राउत र प्रधानमन्त्री देउवाबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएकाे हाे।
कांग्रेस नेता बिमलेन्द्र निधिका अनुसार दुबै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ।
भेटमा गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा शामेल हुने सहमति भएको जनाइएकाे छ।
अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सि के राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा संग बालुवाटारमा भेंट गराएर फर्कदै छु। दुबै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ।
— Bimalendra Nidhi (@BimalendraNidhi) December 1, 2022
गठबन्धन र काँग्रेस संग संघिय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र
सरकारमा शामेल हुने सहमति भएको छ। pic.twitter.com/7A5qi1maEB
प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











