कांग्रेस उपसभापित खड्काेले भेटे प्रचण्ड
खड्का भेटका लागिआज (बिहीबार) प्रचण्ड निवास खुमलटार पुगेका थिए।
काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।
खड्का भेटका लागिआज (बिहीबार) प्रचण्ड निवास खुमलटार पुगेका थिए। भेटमा खड्काले गोरखा २ बाट निर्वाचित प्रचण्डलाई बधाई दिएका थिए। प्रचण्डको निजी सचिवालयले भेटमा राजनीतिक कुराकानी भएनभएकोबारे कुनै जानकारी नभएको बताएको छ।
सत्ता गठबन्धन नयाँ सरकार बनाउने तयारीमा रहँदा कांग्रेस नेता खड्काले प्रचण्डसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
चुनावअघिदेखि नै सरकारको नेतृत्वका लागि प्रचण्डले दाबी गदैृ आएका छन्।मोटामोटी रूपमा चुनावी नतिजा आसकेपछि पनि उनले उक्त दाबेदारीलाई कायमै राखेका छन्।
प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











