Kathmandu Press

देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्छ : मन्त्री चौधरी 

देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्छ : मन्त्री चौधरी 

काठमाडौं, मंसिर १५ : शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमा उहाले सरकार निर्माण गर्ने बिषयमा दलहरुबीच छलफल सुरु भइसकेको भन्दै पाँच दलीय गठबन्धनको सरकारको मन्त्रीहरु पनि सल्लाहमै टुँगो लगाउनुपर्ने बताए। 

मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे । त्यस्तै उहाले अहिलको निर्वाचनमा आफ्नो पार्टीको सन्तोषजनक परिणाम नआएको जिकिर गरे । मन्त्री चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गरिने दावी गरे । थापाथलीको सवालमा सुकुम्बासी वस्ती भनिएको ठाउँमा ठूला भवन बनाईएका र स्टल बनाएर भाडा असुल्ने काम भएको उनले बताए। 

मन्त्री चौधरीले सबै सुकुम्बासीको पहिचान गर्ने र उनीहरुको घर नबन्दासम्म उनीहरुको लागि उचित बसोबासको व्यवस्थापन गर्ने जानकारी दिए।

प्रकाशित मिति: १८:०० बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्