Kathmandu Press

बामदेव गाैतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित

काठमाडौं, पुस ६ : वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव नेकपा स्थायी समितिले पारित गरेको छ।

स्थायी समिति बैठकमा नेकपा विष्णु पौडेलले विधा....

बामदेव गाैतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित

काठमाडौं, पुस ६ : वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव नेकपा स्थायी समितिले पारित गरेको छ।

स्थायी समिति बैठकमा नेकपा विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। बैठकले सो प्रस्ताव पारित गरेको छ।

यस अघि नेकपा सचिवालय बैठकले साउन २१ गते गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। तर, स्थायी समिति बैठक बस्न नसक्दा सो निर्णय अलपत्र रहेको थियो।

नेकपा विधानमा उपाध्यक्षको व्यवस्था छैन। अब नेकपा केन्द्रीय समितिले विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बन्नेछन्। नेकपा केन्द्रीय समिति बैठक पुस २३ गते बोलाइएको छ।

त्यस्तै, नेकपा स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्ताव पनि संशोधनसहित पारित गरेको नेकपा नेता भीम रावलले बताए।

बैठकमा एमसीसीसम्बन्धी विवाद भएको थियो। यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ।

यसैगरि कालापानीसम्बन्धी पनि स्थायी समिति निर्णय गरेको छ। कूटनीतिक माध्यमबाट विवाद समाधान गर्नुपर्ने निर्णय गरेको जनाएको छ।

यससँगै नेकपा स्थायी समिति बैठक सकिएकाे छ। स्थायी समिति बैठक मंसिर २९ गतेदेखि सुरू भएको थियो।

प्रकाशित मिति: १५:४४ बजे, आइतबार, पुस ६, २०७६