Kathmandu Press

ज्यान मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

बारा, पुस ६ : बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज घरबाटै पक्राउ गरिएको हो।

अध्य....

ज्यान मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

बारा, पुस ६ : बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज घरबाटै पक्राउ गरिएको हो।

अध्यक्ष अमिरीलाललाई १३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा पक्राउ गरिएको हो। उनलाई बारा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। त्यही मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

२०६१ मा उनले चलाएको मोटरसाइकलले एक वृद्धालाई ठक्कर दिएको थियो। बृद्धाको मृत्यु भएको थियो।

त्यस घटनामा उनीविरुद्ध सवारी ज्यान मुद्दा लगाइएको थियो। बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते अमिरीलाललाई दोषी ठहर गर्दै २९ दिन कैद र दुई हजार जरिवानाको फैसला गरेको थियो।

तर, उनी भने फरार रहेका थिए। फौजदारी अपराधमा कसुरदार ठहर भएपनि उनी फोरम लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका थिए। उनले गाउँपालिका अध्यक्षमा जित हासिल गरेका थिए।

दोस्रो मधेस आन्दोलनका वेला वीरगञ्जमा भएको प्रदर्शनमा उनलाई पनि गोली लागेको थियो। उपचार गरेपछि निको भएका थिए। जसले गर्दा पनि उनलाई चुनाव जित्न सहज भएको थियो।

अहिले पुराना मुद्दाका दोषीको खोजी गर्ने क्रममा उनलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताए।

प्रहरीले आजै उनलाई अदालतमा पेश गरेको थियो। अदालतले कैद भुक्तानका लागि जेल चलान गरेको छ।

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, पुस ६, २०७६