Kathmandu Press

झलनाथलाई एमालेको चेतावनी– जथाभावी अभिव्यक्ति नदिनुस्

झलनाथलाई एमालेको चेतावनी– जथाभावी अभिव्यक्ति नदिनुस्

काठमाडौं, मंसिर १५ : नेकपा एमालेले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललाई जथाभावी नबोल्न चेतावनी दिएको छ । 

नेकपा एमाले, निर्वाचन परिचालन कमिटी इलाम क्षेत्रनम्बर १ का संयोजक उदयबहादुर राईले विज्ञप्ति जारी गर्दै खनाललाई लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न चेतावनी दिएका हुन् । 

इलाम–१ मा निर्वाचन हारेपछि खनालले त्यहाँ जालझेल गरी आफूलाई पराजित गरेको आरोप लगाएका थिए । त्यसबारेमा एकीकृत समाजवादीले पार्टीभित्र पनि छलफल गरी सम्भावित कानुनी उपचारबारे छलफल गर्ने निष्कर्ष निकालेको थियो ।

यसप्रति कमिटीकोको ध्यानाकर्षण भएको उल्लेख गर्दै राईले देशको प्रधानमन्त्री भइसकेका व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्डमाथिकै हमला रहेको बताएका छन् । 

‘निर्वाचनमा भाग लिएर मतगणना सुरु भई प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया संगत, विधिसम्बत, निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैमा अलोकतान्त्रिक प्रवृत्ति हो,’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले झलनाथमाथि चुनावप्रचारप्रसारको क्रममा राज्यसत्ताको दुरुपयोग गरेको आरोप पनि लगाएको छ । त्यस्तै एमालेको पकट भएको माइजोगमाई गाउँपालिका–५। सोयाङ सिरिसेमा मतदानको दिन बम पड्काएको, मतपेटिका  साट्ने दुष्प्रयास गरेको आरोप समेत लगाएको छन् । ‘अपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभिष्ट थियो जुन पूरा हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्