Kathmandu Press

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : डा कोइराला

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : डा कोइराला

विराटनगर, मंसिर १५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन्। 

विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गरे। 
    
नेता डा कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने  भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिए। 
    
उनले मुलुकको समृद्धिका लागि  सुशासन कायम गर्न  र  भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको बताए। 
    
नेता डा कोइरालाले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको र  लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएकामा धन्यवाद समेत दिए। 

प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्