Kathmandu Press

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

काठमाडौं, मंसिर १५ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए। 

बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए। ‘समस्या समाधानका लागि हामी खुला छौँ,’ उनले भने, ‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ,’ गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए। 

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, मंसिर १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्