निर्मला बलात्कार-हत्याकाण्ड फिल्मको यस्तो छ ट्रेलर
काठमाडौं, पुस ६ : कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घट्नामा चलचित्र बनेको छ। यस घटनामा बनेको चलत्रि &lsq....

काठमाडौं, पुस ६ : कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घट्नामा चलचित्र बनेको छ। यस घटनामा बनेको चलत्रि ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार ओएसआर डिजिटलले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीकाे भूमिकालाई विभिन्न काेणबाट देखाउने प्रयास गरिएकाे जनाएकाे छ।
चलचित्र मणिराज गौतमले निर्माण गरेका हुन्। चलचित्रको लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका छन्।
चलचित्रमा सरिता गिरी, गणेश गिरी र रिद्धि चरण श्रेष्ठको मुख्य भूमिका रहेको छ। चलचित्र मणिराज गौतमले निर्माण गरेका हुन्।












