सुनसरी–४ मा ११२ मतान्तरले ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

काठमाडौं, मंसिर १५ : सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी भएका छन् ।
बिहीबार बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार कार्की ११२ मतान्तरले निर्वाचित भएका हुन् । कार्की ३० हजार ४८३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए।
कार्की सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत हुन् । एमाले उम्मेदवार कुसियैत प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटनमन्त्री हुन् ।
मतगणनाको क्रममा विवाद भएपछि तीन दिनसम्म मतगणना रोकिएको थियो । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि बुधबारबाट मत गणना पुनः सुरु भएको थियो ।
अघिल्लो निर्वाचनमा पनि कार्की सुनसरी–४ बाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार