समानुपातिकमा कसले कति मत पाए ?
बिहीबार बिहानसम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । एक करोड एक लाख ७५ हजार ८९५ मतगणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ ।
काठमाडौं, मंसिर १५ : प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ ।
बिहीबार बिहानसम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । एक करोड एक लाख ७५ हजार ८९५ मतगणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । उसले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेको छ ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार ७९० मत पाउँदा पाचौँ स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०६ मत पाएको छ ।
प्रकाशित मिति: ०८:१८ बजे, बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार