सभामुखको निर्वाचन पुस दोस्रो साता
काठमाडौं, पुस ६ : प्रतिनिधिसभाका सभामुखको निर्वाचन पुस दोस्रो साता हुने भएको छ।
संसद अधिवेशन पुस ४ गते सुरू भएको थियो। पहिलो बैठकमा प्रतिनिध....
काठमाडौं, पुस ६ : प्रतिनिधिसभाका सभामुखको निर्वाचन पुस दोस्रो साता हुने भएको छ।
संसद अधिवेशन पुस ४ गते सुरू भएको थियो। पहिलो बैठकमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको थियो। अर्को बैठक पुस ११ गते बोलाइएको छ।
त्यहि बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रक्रिया सुरू हुने जनाएको छ। संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले प्रतिनिधिसभाको पुस ११ गते बस्ने बैठकमा सभामुखको निर्वाचन कार्यतालिकाबारे जानकारी गराइने बताए।
संसद् सचिवालयले सभामुखको निर्वाचनको लागि तयारी गरेको छ। सम्भव भए पुस ११ गते नै र नभए अर्को बैठकमा सभामुखको निर्वाचन हुने जनाएको छ।
सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएएका थिए। त्यसयता सभामुख पद रिक्त रहेको छ।
प्रतिनिधिसभामा सभामुख नभएकाले शुक्रबारको बैठकको अध्यक्षता उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले गरेकी थिइन्। उनलाई नै सभामुख बनाउनु पर्ने आवाज नेकपाभित्र उठ्दै आएको छ।
उपसभामुख डा.तुम्बाहाङ्फेले सभामुखको निर्वाचन अघि राजीनामा दिने भएकी छन्। उनलाई नेकपा शीर्ष नेताहरुले राजीनामा दिन सल्लाह दिएका छन्। उनलाई सभामुख बनाउने÷नबनाउने एकीन भएको छैन।
संसद्मा सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपा शीर्ष नेताले उपसभामुख डा.तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाइरहेका हुन्।






