Kathmandu Press

सिके राउतलाई गठबन्धनमा आउन निधिको आग्रह

भेटमा राउतले आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रबादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका थिए।
सिके राउतलाई गठबन्धनमा आउन निधिको आग्रह

काठमाडाैं, मंसिर १४ : नेपालीका नेता विमलेन्द्र निधिले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सत्तारुढ गठबन्धनमा आउन आग्रह गरेका छन्। बुधबार आफ्नै निवासमा राउतलाई भेट्दै निधिले सत्ता गठबन्धन आउन आग्रह गरेका हुन्।

सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अध्यक्ष राउत कांग्रेस नेता निधिलाई भेट्न उनको निवास बानेश्वर पुगेका थिए। भेटनमा निधिले राउतलाई प्रतिनिधिसभामा निर्वाचित भएकामा बधाई दिए।

निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रुपमा सकारात्मक भएको जवाफ दिएका थिए।

दुई बीच करिब घण्टा भेटावार्ता भएको थियो। भेटमा सरकार गठनसँगै मुलुकको समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको बताइएको छ।

भेटमा राउतले आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रबादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका थिए।

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्