Kathmandu Press

चाम्सको गोरखा वारियर आगामी मंसिर

फिल्म पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकले पुर्‍याएको योगदानको कथावस्तुमा आधारित छ।
चाम्सको गोरखा वारियर आगामी मंसिर

काठमाडाैं, मंसिर १४ : मिल्न चाम्स निर्देशित फिल्म ‘गोरखा वारियर’ आगमी मंसिरमा प्रदर्शन हुने भएृको छ। निर्माण युनिटले पोस्टर सार्वजनिक गर्दै २०८० को मंसिरका लागि फिल्मको प्रदर्शन मिति तय गरेको हो।

फिल्म पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकले पुर्‍याएको योगदानको कथावस्तुमा आधारित छ। फिल्ममा पहिलो र दोस्रो विश्वयुद्धका किस्सा समावेश गरिएको निर्देशक चाम्सले जानकारी दिए ।

Hardik ivf

फिल्ममा रितेश चाम्स, विजय लामा, रियर राई, कविता आले, रेविका गुरुङसहित विदेशी कलाकारको समेत अभिनय छ। फिल्मको पटकथा गिरिराज घिमिरेसँग मिलेर निर्देशक चाम्सले नै खेलेका हुन्।

 

प्रकाशित मिति: २०:०० बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्