Kathmandu Press

थाइल्यान्ड उडेको एनएसीको जहाज बंगलदेशमा अवतरण

बैंकका लागि उडेको एनएसीको न्यारो बडी जहाजमा धुँवा देखिएपछि बंगलादेशमा आस्मिक अवतरण गरिएको एयरलाइन्सले जनाएको छ।
थाइल्यान्ड उडेको एनएसीको जहाज बंगलदेशमा अवतरण

काठमाडौं, मंसिर १४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण गरिएको छ।

बैंकका लागि उडेको एनएसीको न्यारो बडी जहाजमा धुँवा देखिएपछि बंगलादेशमा आस्मिक अवतरण गरिएको एयरलाइन्सले जनाएको छ। एयरलाइन्सका अनुसार इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुँवा देखिएको संकेत गरेपछि जहाल बंगलादेशमा चट्गाउ विमानस्थलमा अवतरण गरिएको हो।

 जहाजमा १५२ यात्रु सवार थिए । जहाजमा कुनै खराबी नदेखिएपछि सामान झारेर पुनः बैंकका लागि उडाउने तयारी भइरहेको एयरलाइन्सले जनाएको छ।

प्रकाशित मिति: १९:३४ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्