Kathmandu Press

पूर्वसभामुख सापकोटालाई लिएर परिवारका सदस्यसहित सुकुटे पुगे प्रचण्ड

महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि प्रचण्ड सुकुटे जाने गर्छन्। यसअघि पार्टीको दस्तावेज लेखनका क्रममा पनि उनी सुकुटे पुगेका थिए।
पूर्वसभामुख सापकोटालाई लिएर परिवारका सदस्यसहित सुकुटे पुगे प्रचण्ड

सिन्धुपाल्चोक, मंसिर १४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पारिवारिक सदस्य रेणु दाहाल, गंगा दाहाललगायत सुकुटे पुगेका छन्। उनीहरुका साथमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा पनि छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा प्रचण्ड सुकुटे गएका हुन्। महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि प्रचण्ड सुकुटे जाने गर्छन्। यसअघि पार्टीको दस्तावेज लेखनका क्रममा पनि उनी सुकुटे पुगेका थिए।

पछिल्लो तीन वर्षयता उनीहरू दुवैजना सँगै सुकुटे आएका हुन्। सुकुटेमा बसोबासको चाँजोपाजो माओवादी जिल्ला इन्चार्जसमेत रहेका हाल सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित माधव सापकोटा सुबोधले मिलाएका हुन्।

पार्टीका पोलिटब्युराे सदस्य सापकाेटाले उनीहरूलाई बसोबासको चाँजोपाजो मिलाउँदै आएका छन्। 

आज सुकुटेमा प्रचण्ड र सापकोटालाई सापकोटा सुबोधका साथै बागमती प्रदेसभा सदस्य निर्वाचित सरल सहयात्री पौडेल, केन्द्रीय सदस्य अमृता नेपाल प्रभा लगायतले स्वागत गरे।

सुकुटेमा प्रचण्डले र्‍याफ्टिङ पनि गरे। उनीहरू सबै आज सुकुटे बिचमै बस्ने जनाइएकाे छ।

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्