Kathmandu Press

पोखरामा सडक महोत्सव हुने

काठमाडौं, पुस ६ : ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरमा सडक महोत्सव आयोजना गरिने भएको छ।

रेस्टुरेन्ट एन्ड....

पोखरामा सडक महोत्सव हुने

काठमाडौं, पुस ६ : ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरमा सडक महोत्सव आयोजना गरिने भएको छ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) को आयोजनामा २१औँ पोखरा सडक महोत्सव आगामी पुस १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछ। रेबानले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि पाँच दिने महोत्सवमा विभिन्न कार्यक्रम गरिने जनाएको छ।

पर्यटकीय केन्द्र लेकसाइडमा तीन किलोमिटर क्षेत्रलाई महोत्सवमय बनाउने तयारी पूरा भएको आयोजकले जनाएको छ। ‘विश्वको कुनै पनि कुनाको खानाको स्वाद लिन लेकसाइड आफैँमा काफी छ,’ रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलले भने, ‘अन्नपूर्ण हिमशृंखलाको आँगन र फेवातालको किनारमा बसेर सडकमै खानाहरु खादा छुट्टै आनन्द आउँछ।’

महोत्सवका संयोजक लक्ष्मण बराल सडक महोत्सव व्यापारिक मेला नभै फुड कल्चर मेला भएको बताए। ‘लेकसाइडमा रहेका होटल तथा रेस्टुरामा बनेका विभिन्न खानाका परिकार सडकमै बसेर खान प्रत्यक वर्ष विदेशीहरु आउने गरेका छन्,’ उनले भने, ‘लेकसाइड खाली हुने मौषममा हामीले गरेको सडक महोत्सवकै कारण उनीहरु थप समय नेपालमै बस्ने गरेका छन्।’

यस वर्ष महोत्सववाट ८० लाख आम्दानी गर्ने योजना रहेको जनाएको छ। जसमा ६५ लाख महोत्सवकै लागि खर्च हुने र बाँकी १५ लाख रेबानको खातामा राख्ने योजना छ। गत वर्ष पनि महोत्सवमा विदेशीदेखि स्वदेशीको आकर्षण रहेको थियो।

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, पुस ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्