स्याङ्जामा मतगणना सुरु गर्न सर्बदलीय बैठक बोलाइयो

काठमाडौं, मंसिर १४ : स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक बोलाइएको छ ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य अघि बढ्न सकेको थिएन ।
बुधबार बसेको आयोगको बैठकले बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्देशन दिएपछि मतगणना कार्य अघि बढाउन लागिएको हो ।
निर्वाचन आयोगको निर्देशनपछि स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक डाकिएको हो।
सो क्षेत्रमा एमाले उम्मेदवार एवं पूर्व मन्त्री पद्मा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।
प्रकाशित मिति: १७:१७ बजे, बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











