Kathmandu Press

म संसदीय दलकाे चुनावी तयारीमा लागिसकें : महामन्त्री थापा

म संसदीय दलकाे चुनावी तयारीमा लागिसकें : महामन्त्री थापा

काठमाडौं, मङ्सिर १४ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताएका छन्।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा विजयी भएसँगै आफू अर्को चुनावको तयारीमा रहेको बताएका हुन्।

शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात अर्थात पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उनको भनाइ छ।

त्यस्तै महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागिताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने पनि बताए। कहिलेकाही मन्त्रिपरिषद्मा महिला सहभागीता शुन्य हुने अवस्थालाई पनि अव अन्त्य गर्नुपर्ने उनले बताए।

त्यस्तै थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्