Kathmandu Press

सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठनकाे पहल हुन्छ : ज्ञवाली

सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठनकाे पहल हुन्छ : ज्ञवाली

काठमाडाैं, मंसिर १४ : एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन्। 

अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताएका हुन्।

हिमालयन न्युज एजेन्सीसंग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच वर्ष वामपन्थीले मुलुक सञ्चालन गर्न सबै तयार हुनुपर्ने र यसले मात्रै मुलुकको संकटलाई पार लगाउने धारणा राखे।

उनले माओवादी लगाएत अन्य कम्युनिष्ट पार्टीलाई भाई कांग्रेस नबन्न सुझाव दिदै भाई कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गरे।

ज्ञवालीले बिगतमा भएका तितामिठा कुरालाई बिर्सदै एमालेसंग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि गरे।

ज्ञवालीले पार्टी नफुटेको भए एमालेको बहुमत वा ठूलो पार्टी बन्न सक्ने निर्वाचनबाट देखिएको जिकिर गरे। 

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्