Kathmandu Press

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

प्राधिकरणले आज (बुत्धबार) सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाई साेकाे जानकारी गराउन निर्देशन दिएकाे हो।
सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं, मंसिर १४ : काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएकाे छ।

प्राधिकरणले आज (बुत्धबार) सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाई साेकाे जानकारी गराउन निर्देशन दिएकाे हो।

ताेकिएकाे दिनभित्र त्यस्ता संरचना नहटाए संरचना प्राधिकरणले स्वयंले हटाउने र हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने व्यहोरा पनि सूचनामा उल्लेख छ।  'त्यस्ता संरचना नहटाए उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ,' सूचनामा भनिएकाे छ।

 

प्राधिकरणाले सूचनामा उपत्यकाका नगरहरुको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरणको स्थापना भएको जानकारी पनि गराएकाे छ।

'उक्त मापदण्डको कार्यान्वयन सम्बन्धमा नियमित, नियन्त्रण र निषेध गर्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४९ को दफा ८ बमोजिम यस प्राधिकरणमा रहेकाले काठमाडौ उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गरी सो को जानकारी यस प्राधिकरणलाई गराउन यो सूचना प्रकाशन गरिएको छ,'  सूचनामा उल्लेख छ।

सूचना 2079-08-141669796232.jpg

 

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्