नेपाली मूलकी परिजिता अमेरिकी गायन रियालिटी सो ‘द भ्वाइस’को अन्तिम ८ मा
अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको ‘द भ्वाइस’को नेपाली समयअनुसार बुधबार बिहान भएको एपिसोडमा दुई जना बाहिरिँदा परिजिता भने अन्तिम आठमा प्रवेश गर्न सफल भएकी हुन्।
काठमाडौं, मंसिर १४ : नेपाली मूलकी १७ वर्षीया परिजिता बास्तोला अमेरिकी गायन रियालिटी सो ‘द भ्वाइस’को अन्तिम ८ मा पर्न सफल भएकी छन्। ब्याटल राउन्ड जितेसँगै उनी नकआउट राउन्डमा प्रवेश गरेकी छन्।
अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको ‘द भ्वाइस’को नेपाली समयअनुसार बुधबार बिहान भएको एपिसोडमा दुई जना बाहिरिँदा परिजिता भने अन्तिम आठमा प्रवेश गर्न सफल भएकी हुन्।
अन्तिम ८ का लागि छनोट हुँदा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्युटीफुल’ गाएकी थिइन्। क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत परिजितालाई आफ्नो गीत धन्यवाद दिँदै आन्तिम ८ मा परेकोमा बधाई दिएकी छन्। आगामी प्रतिस्पर्धा सफलताका लागि उनले परिजितालाई शुभकामना पनि दिएकी छन्।
उनले कोच जोन लिजेन्डको समूहमा छिन्। आफ्नो टिमबाट अन्तिम आठमा प्रवेश गरेकी परिजितासहितका ट्यालेन्टसँग लिजेन्डले नृत्य पनि गरे।
सेसमफाइनलान प्रवेश गरेकी परिजिताले आगामी एपिसोडमा आफूलाई भोट दिएर जिताउन दर्शकश्रेोतालाई अपिल गरेकी छन्। ‘मलाई साथ दिनुहुने सबैलाई धन्यवाद,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अब दुई साता मलाई साथ दिनुहोला।’
अमेरिकामा बस्ने मात्र नभएर विश्वभरका नेपालीले उनलाई जिताउन भोट गरिरहेका बेला निक जोनस, प्रियंका चोपडा विश्व सेलिब्रिटीले यतिबेला परिजितालाई जिताउनुपर्ने भन्दै भोटका लागि आग्रह गर्दै आएका छन्।












