Kathmandu Press

मोटरसाइकलमा ल्याएका सुनचाँदीका गहनासहित युवक पक्राउ

सिरहा, पुस ६ : भारतबाट मोटरसाइकलको ढिक्कीमा लुकाएर ल्याएका सुनचाँदीका गहनासहित एक युवक पक्राउ परेका छन्।

सिरहाको ठाडी प्रहरी चौकीबाट खटिएको ....

मोटरसाइकलमा ल्याएका सुनचाँदीका गहनासहित युवक पक्राउ

सिरहा, पुस ६ : भारतबाट मोटरसाइकलको ढिक्कीमा लुकाएर ल्याएका सुनचाँदीका गहनासहित एक युवक पक्राउ परेका छन्।

सिरहाको ठाडी प्रहरी चौकीबाट खटिएको टोलीले भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट गोलबजार नगरपालिका–४ का ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज २ प ६४२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाएर राखेको सुनचाँदीका गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए।

पक्राउ परेका रायको साथबाट हातमा लगाउने सुनको बाला दुई, मङ्गलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई, झुम्का बाला टीका एक थान र चाँदीको पाउजु पाँच, हातमा लगाउने पञ्जा एक जोडी, ब्रासलेट एक थान, खुट्टामा लगाउने बिच्छी तीन थान, औँठी एक थान र बच्चाले लगाउने बलिया तीन थान बरामद भएको प्रवक्ता बोहराले बताए।

पक्राउ परेका मनोजलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, पुस ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्